Thursday, August 19, 2010

तिमीलाई

भन्दिन म, यो आकाशको जुन तिमीलाई
सक्दिन दिन, धेरै धनसम्पती जुनीभर तिमीलाई

जिन्दगीका पट्यारलाग्दो यात्रा त, मायाले घटाऊला
घ्रिना को शुल त पक्का दिन सक्दिन तिमीलाई

जीवनभरका घ्रिना र तिरस्कार त पेवा बनाउला
बाकिका सुख र माया तिमीमा जुनीजुनीलाई

यो मुटुको सिङगो अनी चोखो माया तिमीलाई
अनी यो जिन्दगीको लामो निस्चल भेट तिमीलाई

भन्दिन म, यो आकाशको जुन तिमीलाई
सक्दिन दिन, धेरै धनसम्पती जुनीभर तिमीलाई

No comments:

Post a Comment