Friday, August 20, 2010

तिमी अनी म र.......!!!

तिम्रो बदनामी जस्तै मेरो पनि नाम होला
राधा जस्ती रोजी होली साइमन जस्तो श्याम होला

यती धेरै मातिएछ आफुलाई चिन्न छोडे
एस्तो बेला तिमीलाई मसित के काम होला?

कस्ले रोयो साउन झै, कस्ले हास्यो बिजुली झै?
आँखा भरी झरी बादल, हृदयमा घाम होला

यती बढ्यो मर्यादा र यती बढे पुरुषोत्तम
सिताहरुलाई बेच्ने यस्तै कुनै राम होला

गल्ली-गल्ली हिंड्न थाले गन्त्यब्यमा छिटो पुग्न
सडकभरी जताजतै उस्तै ट्राफिक जाम होला

खोजी-खोजी थाके म त कता गयो घर मेरो?
भोतारिनु पर्ने अब मैले यस्तै-यस्तै ठाउ होला

यस्तो अभाबमा पनि चिनी-तेल खोज्न हैन
तिम्रो घरका सामु आज किन यत्रो लाम होला?

तिम्रो बदनामी जस्तै मेरो पनि नाम होला
राधा जस्ती रोजी होली साइमन जस्तो श्याम होला !!!

भुबिन आले मगर
तनहुँ आबुखैरनी

No comments:

Post a Comment