Thursday, November 26, 2009

जलाई देउ मेरा तस्बिरहरु


म अस्ताए पनि तिम्रो नजर बाट
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्‍मृतिका पानाहरु
अनी
नमेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
नफेर मायाका काँचुलीहरु
नभत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ भने
म हाँसेर आँसु बगाउन सिकौला
तर
ननिभाउ प्रेमका धुनीहरु
नचुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
नजलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
नछोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ
-देवराज श्रेष्ठ

No comments:

Post a Comment